+
+

बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थल अवरुद्ध

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख १७ गते १५:०६

१७ वैशाख, काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा विमानस्थलकाे उडान र अवतरण अवरुद्ध भएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।

अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।

बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।

ती यात्रुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि बुद्ध एयरले बताएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?