+
+

पोखराको मेयरका एमाले उम्मेदवार भन्छन् : महाभारत छ, अब चुनाव लड्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १६:०२

१७ वैशाख, पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपलिका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।

प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनले पार्टीमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वभाविक रुपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ,’ शनिबार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’

उनले चुनाव नलड्ने घोषणा गर्दा मञ्चमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्‍मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरु थिए ।

थापा पोखराका पूर्वमेयरसमेत हुन् । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा  नेतृत्व सम्हालेका थिए । थापा ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

बहालवाला प्रदेश सांसदले पोखराको मेयरको उम्मेदवारी नछाडेको भन्दै एमालेकै एक पंक्ति उनीसँग असन्तुष्ट छन् ।

मेयर प्रत्याशी थापाले आफूहरुले पोखरामा ३५ हजार मतान्तरले जित्ने दाबी गर्दै निर्वाचित भए महानगगरबाट प्राप्त सेवा सुविधा नलिने र अंगदान दिने घोषणासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?