+
+

इटहरीमा एउटा वडा सदस्य पनि नपाएपछि जसपा गठबन्धनबाट बाहिर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १८:०७

१७ वैशाख, इटहरी । स्थानीय तह निर्वाचनमा इटहरी उपमहानरपालिकामा पाँच दलीय गठबन्धन धरमराएको छ ।

जनता समाजवादी पार्टी बाहेक सत्तारुढ ३ दलको मात्र गठबन्धन बनेको छ ।

नेपाली कांग्रेसले मेयरसहित १७ वडामा उम्मेदवार उठाएको छ । नेकपा एकीकृत समाजवादीले उपमेयरसहित १ वडामा उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले भने २ वडाध्यक्ष सहित १७ जना वडा सदस्य पाएको छ ।

उपमेयरमा  एकीकृत समाजवादीले राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव केशव विष्ट र वडा नं. १४ को अध्यक्ष प्रेमचन्द रौतारलाई उठाएको छ ।

सहमति हुनु अगावै उम्मेदवार दर्ता गराएको जसपाले भने वडामा कुनै भाग नपाएपछि मनोनयन फिर्ता लिएन ।

मेयरमा जसपाका इटहरी अध्यक्ष डिल्लीप्रसाद लिम्बु र उपमेयरमा योसा गुरागाईंले उम्मेदवारी  दिएकी छिन् ।

१८ नम्बरमा उपेन्द्रकुमार चौधरी र ११ नम्बरमा जयनारायण चौधरी वडाध्यक्षको उम्मेदवार छन् ।

गठबन्धनमा जान आफूहरु तयार भएको त्यसै अनुसार मनोनयन दर्ता गरेको भए पनि अन्तिममा आएर अन्य दलले धोका दिएको उपमेयरकी उम्मेदवार गुरागाईंले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?