
१७ वैशाख, पोखरा । अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले चुनाव चिह्न ‘लौरो’ नै पाएका छन् ।
शनिबार बिहानमात्रै लौरो चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका उनको चुनाव चिन्ह निर्वाचन कार्यालयले फिर्ता लिएको थियो । र उनलाई अर्को चुनाव चिन्ह रोज्न भनेको थियो ।
त्यसपछि पौडेलसहित अटेरी अभियानका उम्मेदवारले निर्वाचन कार्यालयमा गएर आफूहरुले बिहान रोजेको चुनाव चिन्ह लौरो नै पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राखेका थिए । उनले अरु दलको दबावमा आफ्नो चुनाव चिह्न फेर्न लागेको आरोप पनि लगाएका थिए ।
त्यसपछि निर्वाचन कार्यालयले उनले पाएको लौरो चुनाव चिन्हलाई कायम राखेको हो ।
आयोगले तयार गरेको मतपत्रमा लौरो चुनाव चिन्ह तल रहेको भन्दै स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने बनाएको थियो । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ ।
प्रतिक्रिया 4