+
+

ज्याकलिनको ७ करोड भारु बराबरको सम्पत्ति जफत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १६:१३

मुम्बई । मनी लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दाका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनमा लगातार सञ्चारमाध्यमको हेडलाइन बनिरहेकी छन् । उनलाई सुकेश चन्द्रशेखरसँगको सम्बन्धले तनाव दिइरहेको छ ।

पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ ।

भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको छ । यो सम्पत्तिमध्ये ५.७१ करोड भारु चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएको ठानिएको छ ।

साथै, चन्द्रशेखरले ज्याकलिनको परिवारलाई १ लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको अनुमान गरिएको छ । यसअघि ईडीसँगको बयानमा सुकेशले ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री गिफ्ट दिएको बताएका थिए । साथै, सात करोड बराबरको गहना र एस्पुला नामक घोडा पनि उपहार दिएको सुकेशले बताएका थिए ।

अमेरिकामा बसोबास गर्दै आएकी ज्याकलिनकी बहिनीलाई पनि सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋण समेत दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?