+
+

ईदमा भोलि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १५:०१

१९ वैशाख, काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको  छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘… २०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

हेर्नुस् गृहमन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?