+
+

क्रेडिट कार्डबाट वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक खातामा रकम ट्रान्फसर गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन/थप गर्दै सोमबार यस्तो निर्देशन जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १६:५७

१९ वैशाख, काठमाडौं । अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक खातामा रकम ट्रान्फसर गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन/थप गर्दै सोमबार यस्तो निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन ।

तर, अत्यावश्यक भएको समयमा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिदैन । क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम भने वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । यो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने भएको छ ।

उता, विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने बेहोराको विद्युतीय रुपमा स्वघोषणा गर्न लगाउनु पर्ने भएको छ ।

विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने नियम समेत नेपाल राष्ट्र बैंकले ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?