+
+
Shares

चुमनुब्री गाउँपालिकामा हेलिकप्टरमार्फत कुमारी बैंकले पुर्‍यायो वृद्ध भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:५२

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याएको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन, जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध-वृद्धाहरूले सरकारबाट पाउने आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्‍याएको हो ।

१५ वैशाख २०७९मा दिन कुमारी बैंक लिमिटेडका व्यापार समन्वय विभागका प्रमुख रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्‍याएको हो ।

गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने, ‘आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा-सुविधा पुगोस् भनेर यसो  गरेका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?