+
+

सूर्या लाइफ ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा तीनवटा बिधामा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १८:२६

इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ इन्स्योरेन्स ले तीनवटा बिधामा अवार्ड जितेको छ ।
‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्टि्र’ र ‘आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्टि्र अफ नेपाल’ आवार्ड हासिल गर्न सफल भएको छ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्युसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्इुरेन्स लगायत थुप्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

बिमिस्टिक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गर्नुभएका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।

नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहका बीच आयोजना गरिएको उक्त कार्यक्रममा पवनकुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भुमिका र कदमहरुका बारेमा बिस्तृत रुपमा प्रस्ट्याए ।

नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारे । साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठूलो भुमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?