+
+

एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ७:१८

२१ वैशाख, काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए । यो समाचार तयार पार्दासम्म विष्ट पक्राउ भने परिसकेका छैनन् ।

लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?