
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत -सीईओ) नियुक्त गरेको हो । उनी यसअघि १ जेठ २०७५मा बैंकको सीईओको जिम्मेवारीमा आएका थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ ।
विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
१९ मंसिर, २०७३देखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल सीईओ पोखरेल डेभलपमेन्ट बैंकर्स असोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् ।
नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी समेत भएका थिए ।
प्रतिक्रिया 4