+
+

भारतसँगको सीमा नाका ७२ घण्टा बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १८:२८

२१ वैशाख, नवलपरासी । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।

चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।

वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरुको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पोखरेलले बताए ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय भएको छ ।

त्यसैगरी सीमा क्षेत्रबाट भित्रिने लागुऔषध, मानव बेचविखन र तस्करी नियन्त्रणका विषयमा पनि गंभिर छलफल भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । सीमा शिल भए पनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?