+
+

बागीले लगाइदिए माओवादी उम्मेदवारलाई लाख रुपैयाँको माला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते २२:०५

२१ वैशाख, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार  बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताए ।

खड्काले अनलाइनखबरसँग भने, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गरेर, मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ ।’

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरेको उनले स्पष्ट पारे ।

ताँजाकोटमा माओवादीक जैशी र नेकपा एमालेका अजमल बुढाबीच प्रतिस्पर्धा छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन बुढाले पनि आफ्नो उम्मेदवारी निस्कृय गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?