+
+

भरतपुरमा गठबन्धनलाई चुनाव जित्न समस्या छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १२:३७

२२ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई भरतपुरमा चुनाव जित्न समस्या नभएको बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे । उनले भने, ‘भरतपुर लगायतका स्थानहरुमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरु छन् जुन कारणले पनि चुनाव जित्न कुनै समस्या छ जस्तो लाग्दैन।’

बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए ।

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् । भरतपुरमा हुने सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि भरतपुर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?