+
+

२०१९ यता पहिलोपल्ट बैंग्लोरसँग हारेपछि चेन्नाईको प्लेअफ सम्भावना कठिन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १४:०७

२२ बैशाख, काठमाडौं । चार पटकको च्याम्पियन तथा साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ ।

सन् २०१९ यता बैंग्लोरसँग नहारेको चेन्नाई बुधबार भएको खेलमा भने बैंग्लोरसँग १३ रनले पराजित भयो । यही सिजनको अघिल्लो खेलमा भने चेन्नाईले बैंग्लोरलाई पराजित गरेको थियो ।

बैंलोर जितपछि शीर्ष चारमा पुग्दा चेन्नाईको प्लेअफ सम्भावना भने लगभग सकिएको छ । यसअघि यी दुई टिम भिड्दा चेन्नाईको पल्ला भारी हुने गर्थ्यो । तर बुधबार भने बैंग्लोर हावी बन्यो ।

११ खेल खेलेको बैंग्लोर छैटौँ जितपछि १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । चेन्नाई भने १० खेल खेल्दा छैटौं हार बेहोर्दै ६ अंकमा नवौँ स्थानमा छ ।

चेन्नाईले अब बाँकी चार वटै खेल जित्दा पनि उसको १४ अंक मात्र हुनेछ । यस्तोमा प्लेअफ पुग्ने सम्भावना निकै कठिन छ । अब चेन्नाईले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, गुजरात टाइनटन्स र राजस्थान रोएल्ससँग खेल्न बाँकी छ ।

चेन्नईले बाँकी चार मध्ये एक खेल हार्दा पनि १२ अंक हुनेछ । अहिले शीर्ष चारमा रहेका टिमकै १२ वा त्यो भन्दा बढी अंक छ । उनीहरुले पनि ३(४ खेल खेल्न बाँकी नै छ । यस्तोमा चेन्नाईले बाँकी चारै खेल जित्ने र शीर्ष चारको टिमले सबैखेल हार्ने भन्ने असम्भव जस्तै छ ।

खेल हारेपछि चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले दिएको प्रतिक्रियाले एउटा च्याम्पियन टिमको दृष्टिकोण कस्तो हुन्छ भन्ने देखाएको छ । धोनीले भनेका थिए, ‘पहिलो ब्याटिङमा तपाईले आफ्नो प्राकृतिक क्रिकेट खेल्न सक्नुहुन्छ तर ब्याटिङ गरेपछि तपाईले लक्ष्यमा नजर राख्नुपर्छ र त्यही अनुसार हिसाब गर्नुपर्छ । निर्णयहरू गर्नुपर्छ । अंक तालिकामा अंकको सङ्ख्याबाट विचलित हुन सजिलो हुन्छ । यी कुराहरूलाई ध्यानमा राख्नुभयो भने अंक तालिका आफैं ठीक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?