+
+

गठबन्धन सफल हुन्छ : भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १४:५८

२२ वैशाख, भरतपुर। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल नभएको भन्दै उनले अहिलेको गठबन्धन सफल हुने दाबी गरेका छन् ।

बिहीबार पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्तरुपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो-जोले अलिहेसम्म नेपाली कांग्रेससँग गठबन्धन गर्नु भएको छ, त्यो सफल भएका छन् । नेपाली कांग्रेसविनाका गठबन्धन टिकेका छैनन् ।’

भण्डारीले भरतपुर महानगरमा रेनु दाहलको जित निश्चित भएको समेत दाबी गरे । ‘रेनु दाहालको जित सुनिश्चित छ,’ भण्डारीले भने, ‘अन्त मैले हिसाब गरेको छैन तर यहाँ जित निश्चित छ ।’

भण्डारीले चितवनका कांग्रेसका नेता, कार्यकर्ता कुनै दुविधामा पर्न आवश्यक नभएको बताए । ‘कुनै दुविधामा पर्न आवश्यक छैन,’ उनले भने, ‘म पार्टीको निर्देशनमा चारदिन देखि यहीं बसेर कुराहरु सुनिरहेको छु । सबैको गुनासो सम्बोधन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?