+
+

‘अनेक’को ट्रेलर : राजनीतिक एक्सन थ्रिलरमा आयुष्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:२०

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना स्टारर फिल्म ‘अनेक’को ट्रेलर रिलिज भएको छ । अनुभव सिन्हाले निर्देशन गरेको राजनीतिक एक्सन थ्रिलर फिल्ममा आयुष्मानले करिअरमै पहिलोपटक अण्डरकभर प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई भारतको नर्थ इष्ट क्षेत्रमा छायांकन गरिएको छ । एक प्रतिभाशाली कलाकारको टोलीले गरेको शानदार प्रदर्शन र एक रहस्यमय कहानीका साथ फिल्मको ट्रेलर सुरु हुन्छ । ३ मिनेट १२ सेकेण्ड लामो ट्रेलरले दर्शकहरुमा फिल्मप्रति उत्सुकता बढाएको छ ।

फिल्मको ट्रेलरमा आयुष्मानले क्षेत्र र भाषाको आधारमा भारत विभाजित भइरहेकाले सबैमा भारतीयको भावना जगाउनुपर्ने विषय उठाइरहेको देख्न सकिन्छ । फिल्ममा एक्सन अवतारमा देखिएका उनलाई यसमा पनि दर्शकले रुचाउने अनुमान गर्न सकिन्छ ।

फिल्मलाई भुषण कुमारको टी–सिरिज र अनुभव सिन्हाको वनारस मिडियावर्क्स  संयुक्त रुपमा निर्माण गरेका हुन् । यो फिल्म यही मे २७ मा रिलिज गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?