+
+

कलाकार सन्दीप क्षेत्रीले रेनु दाहालको पक्षमा मागे भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:४८

२२ वैशाख, काठमाडौं। कलाकार सन्दीप क्षेत्रीले चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् ।

बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा क्षेत्रीले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् । ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ,’ क्षेत्रीले भने, ‘दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउँ-आउँ लाग्यो ।’

आफू कुनै पार्टीको सदस्य नरहेको भन्दै उनले यो कार्यक्रममा आउनुअघि आमालाई सोधेको बताए । ‘म आजसम्म कुनै पनि पार्टीको साधारण सदस्यसम्म नभएको मान्छे हो,’ उनने भने, ‘यो कार्यक्रममा आउनुभन्दा अगाडि एकपटक मेरो आमालाई फोन गरेर सोधें, दिदीको यस्तो कार्यक्रम रहेछ के गरौं । मेरो आमाले भन्नुभयो- पार्टीको लागि होइन, तैंले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो, त्यसपछि म आएँ ।’

क्षेत्रीले दाहाललाई जितका लागि शुभकामना समेत दिए। ‘मेरो पितृको आशिष लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकाना दिन चाहन्छु,’ उनले भने, ‘ तर यो भन्दै फेरि भन्छु, म कुनै पार्टीको मान्छे होइन । तपाईंले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?