
२२ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरुको सिट संख्या निर्धारण गरेको छ ।
चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि कलेजहरुको लागि सिट संख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगले विभिन्न ८२ कलेजलाई चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेको हो । आयोगले एमबीबीएसमा १ हजार ८९५, बीएससी नर्सिङमा १ हजार ४६०, बीपीएचमा १ हजार ३५०, बीएनएसमा १ हजार १५०, बीडीएसमा ५६५, बीफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट संख्या निर्धारण गरेको छ ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4