+
+

सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार छैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ११:२३
गगन थापा । फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् ।

पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताए ।

प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’

तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए । ‘संसद विघटन विशुद्ध पार्टी भित्रको कारण हो ।

प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएको छ । हामीले जनतालाई बुझाउनैपर्छ । त्यो बेलाको सम्झना गराउनै पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?