+
+

फास्ट बलिङमा उर्मान मलिकको उदय, बनाए यस्ताे कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १६:२८

२३ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा सनराइजर्स हैदराबादबाट खेलिरहेका एकजना तीव्र गतिका बलर उर्मान मलिकले तहल्का मच्चाइरहेका छन् ।

लगातार १५० किलोमिटर प्रतिघण्टाभन्दा माथिको गतिमा बल फालिरहेका उर्माानले विहीबार राती दिल्ली क्यापिलटल्सविरुद्धको खेलमा १५६.९ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरे ।

यो गति आईपीएलको जारी सिजनको सर्वाधिक तीव्र हो भने आईपीएल इतिहासकै दोस्रो तीव्र बल हो । आईपीएलमा अस्ट्रेलियाली बलर सन टेटले १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै कीर्तिमान राखेका थिए ।

इनिङको अन्तिम ओभरको चौथो बलमा उर्मानले करिव १५७ किलोमिटर प्रतिघण्टाको बलिङमा दिल्लीका रोभमन पावेलले चौका प्रहार गरेका थिए ।

उर्मानले बलको गतिमा कीर्तमान बनाए पनि आफ्नो स्पेलमा महंगो बने । उनले ४ ओभरमा ५२ रन खर्चिँदा विकेट लिन सकेनन् ।

आईपीएलको मेघा अक्सनमा उर्मानलाई हैदराबादले रिटेन गरेको थियो । जारी आईपीएलमा गुजरात जायन्ट्सविरुद्ध करिअरमै पहिलोपल्ट ५ विकेट लिएपछि उनी प्लेयर अफ द म्याच बनेका थिए । त्यतिबेला अफिसियल सन्चारमाध्यमसँगको कुराकानीमा उनले आफू १५५ किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा बलिङ गर्न इच्छुक रहेको बताएका थिए ।

जम्बु कास्मिरमा जन्मिएका २२ वर्षीय यी तीव्र बलरलाई भारतीय राष्ट्रिय टोलीको प्रमुख दावेदारका रुपमा हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?