+
+

एनभीए क्लब लिग भलिबलः आर्मी र हेल्प नेपाल उपाधि होडमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १६:५३

२३ बैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब छैटौँ आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबलको पुरुषतर्फ उपाधि नजिक पुगेका छन् ।

आर्मी र हेल्प नेपालले अजराजित यात्रालाई पाँचौं खेलसम्म पुर्याउने क्रममा शुक्रबार आ-आफ्नो खेल जिते ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हरायो । पहिलो सेट पुलिसले २५–१७ ले जित्दै अग्रता बनाए पनि आर्मीले पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५–२०, ३०–२८, २५–२३ ले जित्यो ।

लगातार पाँच खेल जित्दै १५ अंक जोडेर शीर्ष स्थानमा छ । पुलिसको भने दोस्रो हारपछि ९ अंक छ र उपाधि होडबाट बाहिरिएको छ ।

शुक्रबारकै अर्को खेलमा हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–१३, २५–२१ ले हरायो । लगातार पाँच खेल जित्दै हेल्प नेपाल १४ अंक जोडेर दोस्रो स्थानमा छ ।

अब शनिवार हुने आर्मी र हेल्प नेपालबीचको अन्तिम खेलबाटै उपाधि विजेताको टुंगो लाग्नेछ । सिंगल राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा धेरै अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।

शुक्रबार भएको महिलातर्फको एक मात्र खेलमा एपीएफले न्यू डायमण्डलाई २५–१९, २५–१०, २५–९ ले हरायो । तेस्रो जितपछि एपिएफले चार खेलबाट ९ अंक जोडेको छ । प्रमुख खेलाडी प्रतिभा मालीबिनाको न्यू डायमण्ड भने लिगको चारै खेलमा पराजित भयो । साविक विजेता न्यू डायमण्डले चार खेलबाट १ अंक जोडेर अन्तिम स्थानमा रहँदै लिग अन्त्य गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?