+
+

एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलबासीलाई : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १३:२३

२४ वैशाख, बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलका वासिन्दालाई हुने बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो’ देउवाले भने, ‘विरोध सहन नसकेर संसद भंग गरे, संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन ।’

अदालतले संसद पुनर्स्थापना गरेपनि ओलीले चल्न नदिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी जनाए ।

प्रधानमन्त्री देउवाले सुकुम्बासी र नागरिकताको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?