+
+
Shares

नेपाली संगीतमा झुम्यो बार्सिलोना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १६:१९

झमझम दर्कियो पानि जोगायो छाताले छेकेर,

रोदीमा आइपुग्यो झिल्के सबभन्दा मै राम्री देखेर।

लोकतथा दोहोरी गायिका रमिला न्यौपानेले आइतबार बार्सिलोनामा आफ्नो लोकप्रिय यो गीत गाउँदा स्पेनबासी नेपालीहरुले कम्मर मर्काउदै नाचे । गायिका न्यौपाने स्टेजमा आफू मात्रै नाचिनन् उपस्थित दर्शकलाई पनि कम्मर मर्काउन बाध्य पारिन् । नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली नयाँ बर्षको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

गायिका न्यौपानेसँगै नेपालदेखि आएका कलाकारहरुको सन्दीप न्यौपाने र साइमा श्रेष्ठले पनि प्रस्तुति राखेका थिए। गायक न्यौपानेले “लालुमै” बोलको आफ्नो चर्चित गीत सुनाए । गायिका श्रेष्ठले पनि केही आफ्ना त केही दर्शकका रोजाइका गीत सुनाइन्। त्यसो त यी कलाकारहरुले दर्जन भन्दा बढी गीत सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्पेन निवासी चर्चित स्टोरी टेलर हुन् साइग्रेस पोखरेल । देश विदेशमा चर्चा कमाएका उनले आफ्नो कर्मथलो स्पेनबाट शब्दयात्राको सुरुवात गरेका छन् । यसअघि नेपालका विभिन्न सहरहरुमा सफल कार्यक्रम गरिरहेका उनले बार्सिलोनाबाट प्रवासी नेपालीमाँझ पनि प्रस्तुति राख्न सुरु गरेका हुन् । उनले स्पेनपछि युरोपका विभिन्न देशहरु लगायत अमेरिका,अष्ट्रेलियामा पनि प्रस्तुति राख्दैछन्।

दुई बर्षदेखि कोरानाको कारण घरभित्रै बस्न बाध्य नेपाली बालबालिकाले पनि कार्यक्रममा खुलेर प्रस्तुति राखेका थिए । नेपाली पाठशाला बार्सिलोनामार्फत बालबालिकाहरुले आफ्नो प्रतिभा देखाएका हुन्। साथै स्थानीय कलाकारहरुले समेत गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । एनआरएनए आइसीसी सदस्य प्रकाश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्का आईसीसी सदस्य दिनेश गिरी लगायत स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

कोरोनाको कहरपछिको नयाँ बर्ष विशेष नेपाली कार्यक्रम भएकाले झन्डै २ सय ५० भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको आयोजकको दावी छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?