+
+

रामचन्द्र पौडेलकै गृह क्षेत्रमा छैन तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १९:४७

२४ वैशाख, तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दैनिकी नै बनेको छ, सत्तारुढ गठबन्धनका उम्मेदवारको पक्षमा भोट माग्ने ।

गठबन्धनका उम्मेदवारको पक्षमा भोट माग्न जिल्ला जिल्लामा जान उनलाई भ्याइनभ्याइ छ । शनिबार मात्र उनले बुटवल, जनकपुर र तनहुँमा भएको चुनावी सभालाई सम्बोधन गरे ।

सत्तारुढ पाँच दलीय गठबन्धनले बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ काँग्रेसले दमौलीमा आयोजना गरेको चुनावी सभामा आए । तर गठबन्धन नै नभएको पालिकामा उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो र यसलाई प्रदेश हुदै प्रतिनिधि सभा निर्वाचनसम्म कायम राख्न आग्रह गरे ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको वकालत गरे । उनले स्थानीय तहमा सर्वत्र विजयी हासिल गर्नको लागि गठबन्धन गरेको बताए । तर उनकै गृह क्षेत्र रहेको तनहुँका कतिपय पालिकामा भने सत्तारुढ दलबीच गठबन्धन भएको छैन । सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजकसमेत रहेका उनले आफ्नै गृह क्षेत्रमा भने तालमेल गर्न सकेनन् ।

अन्य जिल्लामा सत्तारुढ दलले एकअर्कोलाई सहयोग गरिरहँदा तनहुँमा भने यीनै दल आपसमा प्रतिस्पर्धामा छन् । १० वटा पालिका रहेको तनहुँमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाँउपालिका, भीमाद नगरपालिका र देवघाट गाउँपालिकामा मात्र गठबन्धन भएको छ ।

वरिष्ठ नेता पौडेलको प्रतिष्ठा सँग जोडिएको व्यास नगरपालिकमा कांगे्रस एक्लै चुनावी मैदानमा उत्रिएको छ । व्यासका कुनै पनि वडामा गठबन्धन भएको छैन ।

ब्यासमा नेपाली कांग्रेसबाट निवर्तमान मेयर वैकुण्ठ न्यौपाने उम्मेदवार छन् भने कांग्रेसकै नेता गोविन्दराज जोशी समूहले एमालेसँग सहकार्य गरेर जोशीका छोरा दीपकराज जोशीलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?