+
+

अर्थतन्त्रमा कृषिको योगदान अझै घटे दुर्घटना हुन्छ : अर्थविद् अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते २०:१६

२४ वैशाख, काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे ।

शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै अर्थविद अधिकारीले यस्तो दावी गरेका हुन् ।

उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथमिकता राखेर बजेट ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

डा. अधिकारीले सरकारले प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ ।

सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘प्रतिस्थापन विधेयकमा पनि समस्या आएको हो, यसमा कसरी कार्यान्वय गर्ने मानै समस्या आएको हो’ उनले भने, ‘बजेट आयो तर कसरी कार्यान्वयन गर्ने भनेर सही बाटो समाउन नसक्दा त्यो प्रतिस्थापन विद्येकले पनि आफ्नो लक्ष्य हासिल गर्न सकेन ।’

कार्यक्रममा अर्थमन्त्रीका सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले अर्थतन्त्र राम्रो छ आर्थिक गतिविधि र आर्थिक वृद्धि प्रक्षेपण् भन्दा बढी हुन्छ भनेका थिए । यसको खण्डन गर्दै अर्थविद् अधिकारीले भन्ने भन्दा पनि नतिजामा देखियो कि देखिएन भन्ने हेर्नुपर्ने बताए ।

अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने कुराहरु सुचकहरुले प्रमाणित गर्नुपर्ने उनले बताए । अर्थतन्त्रको संरचनागत परिर्वतन गर्नको लागि सबै भन्दा पहिला राजनीतिक नेतृत्व तयार हुनुपर्ने समेत उनले बताए ।

बजेट कार्यान्वयनमा विगतमा जुन समस्या थिए अहिले पनि ती समस्या यथावत रहेको भन्दै अर्थविद अधिकारीले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

‘राजश्व संरचनाको दृष्टिकोण,प्रत्यक्ष आयकरको योगदान पुरानै छ, रोजगारी बढाउन सकिएको छैन, प्रतिवद्धता भएको वैदेशिक लगानी ३० प्रतिशत भन्दा बढी ल्याउन सकिएको छैन’ उनले भने, ‘वैदेशिक लगानी आएको छैन, अर्थतन्त्र संकटउन्मुख छैन भन्न मिल्दैन । अहिलेको बजेटमा सरकारले कषिलाई प्राथमिकता दिनुपर्छ ।’

अर्थतन्त्रलाई दुर्घटनाबाट जोगाउनका लागि सरकारले कृषि उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यदि कृषिको देशको कुल गार्हस्थ उत्पादन योगदान घटेर १५ प्रतिशतमा आयो भने मुलुकमा आर्थिक रुपमा ठूलो दुर्घटना हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?