+
+

तीन सन्तान जन्माउनेलाई गज्जबको अफर : १८ लाख पुरस्कार, १ वर्ष छुुट्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:२३

कतिपय कम्पनीहरू आफ्ना श्रमिक तथा कर्मचारीको हितका लागि विभिन्न नयाँ-नयाँ नीति तथा योजनाहरु ल्याउने गर्दछन् । एउटा कम्पनीको यस्तै नीति आजकल निकै चर्चामा छ । उक्त कम्पनीले आफ्ना कर्मचारीहरूलाई तिनवटा बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ ।

यदि कुनै कर्मचारीले तेश्रो बच्चा जन्माएमा उसलाई करिब १८ लाख रुपैयाँ पुरस्कार मात्र होइन एक वर्षको छुट्टी दिने योजना कम्पनीले अघि सारेको छ ।

यस्तो गज्जबको तथा अनौठो नीति लागू गर्ने कम्पनी चीनको हो । सन् २०१६ मै एक बच्चा नीति खारेज गरेको चीनले पछिल्लो समयमा आफ्ना नागरिकहरुलाई तीन वटासम्म बच्चा जन्माउन प्रोत्साहित गरिरहेको छ ।

चीनमा जनसंख्या नियन्त्रणका लागि भन्दै सन् १९८० को दशकदेखि एक बच्चा नीति सुरु गरिएको थियो । तर कम जन्मदरका कारण वृद्धवृद्धाको संख्या बढी र युवा जनसंख्या कम भएसँगै सन् २०१६मा चीनले दुई बच्चा नीति लागू गर्‍यो । त्यतिले पनि नपुगेर सन् २०२१ को मे महिनामा चीनले तीन बच्चा नीति ल्याएको हो ।

चीनमा सरकारले नै आफ्ना नागरिकलाई धेरै बच्चा जन्माउनका प्रोत्साहित गर्नका लागि अनेक खालका अफर ल्याउने गरेको छ ।

सरकारी नीति मुताविक नै बेइजिङ डबिनांग टेक्नोलोजी ग्रुप नामक कम्पनीले पनि तेस्रो बच्चा जन्माउने आफ्ना कर्मचारीलाई पुरस्कार दिने गरेको छ । जसअनुसार तेस्रो बच्चा जन्माउने कर्मचारीले ९० हजार युआन नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै तेस्रो बच्चा जन्माउने महिला कर्मचारीलाई १२ महिना र पुरुष कर्मचारीलाई ९ महिनाको छुट्टी दिने गरिएको छ ।

कम्पनीले केवल तीनवटा बच्चा जन्माउनेलाई मात्र होइन पहिलो र दोश्रो बच्चा जन्माउँदा पनि विशेष पुरस्कार दिने गरेको छ ।

पहिलो बच्चा जन्माउँदा कर्मचारीले ३० हजार युआन र दोस्रो बच्चा जन्माउँदा ६० हजार युआन नगद पुरस्कार पाउने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?