+
+

घुस लिएको आरोपमा बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक महतोविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:५६

२५ वैशाख, कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद्‌ व्‍यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारको टोली उनलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?