+
+

जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १९:४८

२५ वैशाख, काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?