+
+

जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ११:४७

२६ वैशाख, काठमाडौं । जेठ महिनाबाट सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले सोमबारदेखि शुक्रबारसम्म धितोपत्रको कारोबार गर्ने निर्णय गरेको हो ।

वैशाख मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने छ । अहिले शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको छ ।

सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेको हो ।

सरकारले जेठ १ गतेदेखि बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यही अनुरुप बजार आइतबार बन्द गर्नुपर्ने भएपछि शुक्रबार बजार खुला राख्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?