+
+

तीन दिनमै हलबाट उत्रियो ‘षट्कोण’, ‘लक्का जवान’लाई दर्शक पाउनै सकस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १२:४७

काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरपछि नेपाली बक्स अफिस चलायमान देखिए पनि घरेलु फिल्मको लागि कमाइको हिसाबले लाभदायक रहेन । यसबीच फिल्मको दृश्यभाषा पनि सकसपूर्ण रह्यो ।

लप्पनछप्पन २, ए मेरो हजुर ४, मन्त्र जस्ता स्टारका फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । कम बजेटका फिल्मलाई त पहिलो सप्ताहन्त पनि हलमा टिक्नै मुस्किल बन्यो ।

हलिउड फिल्म स्पाइडरम्यान : नो वे होम, दक्षिण भारतीय फिल्म आरआरआर र केजीएफ–२ ले नेपाली बक्स अफिसमा कीर्तिमानी कमाइ गरे । अहिले हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ले राम्रो कमाइ गरिरहेको छ ।

विदेशी फिल्मको दबदबाबीच रिलिज भएका दुई नेपाली फिल्म लक्का जवान र षट्कोणले घरेलु बक्स अफिसमा निकै कमजोर ब्यापार गरेका छन् । कार्म स्टारर साइकोलजिकल थ्रिलर ‘षट्कोण’ त तीन दिनमै हलबाट उत्रिएको छ ।

‘लक्का जवान’ले त पहिलो सप्ताहन्त १८ लाख ग्रस कमाएको छ जुन निकै न्यून हो । मुख्य मल्टिप्लेक्सले ‘षट्कोण’लाई हटाएर ‘ए मेरो हजुर ४’ र ‘आरआरआर’लाई नै हलमा कमब्याक गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?