+
+

अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर : दिल्लीलाई कसले कब्जा गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १३:२२

काठमाडौं । ऐतिहासिक कथावस्तुमा आधारित अक्षय कुमार स्टारर बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलर स्टाइल, देशभक्ति र बहादुरीको भावनाले ओतप्रोत छ ।

यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको छ । अक्षय पृथ्वीराज चौहान नामक पात्रको भूमिकामा प्रस्तुत भएका छन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्ममा मुख्य भूमिकामा छन् ।

चौहानकी पत्नी सान्योगिताको भूमिकामा पूर्वविश्व सुन्दरी समेत रहेकी मानुसी छिल्लर देखिएकी छन् । चन्द बर्दाइको चर्चित कविता पृथ्वीराज रासोमा फिल्म आधारित छ । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा अहिलेको भारतीय राजधानी दिल्लीलाई कब्जा गर्न भएको लडाइँलाई चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?