+
+

बैतडीमा गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १४:२३

२६ वैशाख, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई  नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ । डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए ।

डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?