+
+

सेलिब्रिटीको चुनावी फेसन : मास्कदेखि पहिरनबाट ‘भोट’ अपील

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १६:५४

२६ वैशाख, काठमाडौं । निर्वाचन राजनीतिक इभेन्ट मात्र होइन । सेलिब्रिटीको लागि यो फेसन इभेन्ट पनि हो । फेसनको माध्यमबाट नागरिकलाई मतदान गर्न प्रेरित गर्ने कार्यमा विश्वका सेलिब्रिटी सक्रिय पनि छन् ।

सन् २०२१ को अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न आग्रह गर्दै नेपाली फेसन डिजाइनर प्रबल गुरुङले गरेको डिजाइन निकै आकर्षक पनि रह्यो । प्रबलको चुनावी डिजाइनलाई सुपरमोडल गिगी हदिद लगायतका सेलेब्सले पनि पछ्याए ।

यतिबेला नेपालमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएको छ । यही वैशाख ३० गते स्थानीय तहको चुनाव हुन गइरहेको छ भने यसै वर्ष प्रदेशसभा र प्रतिनिधिसभाको पनि निर्वाचन हुँदैछ ।

स्थानीय चुनावको छेकोमा कलाकारदेखि सर्वसाधारणसम्मले चुनाव अंकित पहिरन र प्रप्स पनि प्रयोग गर्न थालेका छन् ।

कतिपयले उम्मेदवारले गर्ने भाषणका पन्चलाइनलाई समेत टिसर्ट, क्याप लगायतका पहिरनमा प्रिन्टेड गरेका छन्् । इन्स्टाग्राम, ट्वीटर र फेसुबक लगायतका सामाजिक सञ्जालमा समेत यस्तो फेसन देख्न सकिन्छ । संसारभर चुनावको मुखमा इलेक्सन फेसन मौलाउने गर्छ ।

कतिपय फेसन डिजाइनरले चुनावमा उठेका मुद्दालाई फेसनमा समेत प्रतिविम्बित गर्न थालेका छन् । लोकतन्त्र, समावेशी, नारी सशक्तीकरण, समानताजस्ता मुद्दामा फेसन प्रिन्टेड पनि हुन थालेको देखिन्छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति चुनाव, युरोपका कतिपय सहरमा हुने चुनावमा समेत फेसन पोखिन थालेको देखिन्छ । मास्क, टिसर्ट, पहिरनदेखि वाइफाइ पासवर्डसम्ममा पनि मनपर्ने उम्मेदवारका तस्वीर र शब्द राख्ने गरेको देख्न सकिन्छ ।

विश्वका चर्चित कलाकारका चुनावी फेसनका तस्वीहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?