+
+

घट्यो बैंकको ऋण लगानी, एक सातामा ५ अर्बले निक्षेप सुधार

रोयल आचार्य रोयल आचार्य
२०७९ वैशाख २६ गते १७:०२

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मुखैमा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । पछिल्लो एक सातामा नै ५ अर्ब रुपैयाँले बैंकहरुले निक्षेप सुधार भएको हो ।

पछिल्लो समय बैंकहरुकर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन । पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो ।

१६ वैशाखमा बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । २३ वैशाखमा आइपुग्दा बैंकको निक्षेप ४३ खर्ब ७३ अर्बमा पुगेको छ । ९ वैशाखमा भने बैंकहरुको निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।

बैंकिङ क्षेत्रका लागि सकारात्मक कुरा भनेको बैंकको निक्षेप सुधारसँगै कर्जा लगानी पनि घटेको छ । एक साताको अवधिमा कर्जा लगानी ४१ खर्ब ९७ अर्बबाट घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ ।

कर्जा लगानी घटेको र निक्षेपमा सुधार भएको असर बैंकहरुको निक्षेप-कर्जा अनुपात (सीडी) रेसियोमा परेको छ । अघिल्लो साता ९१ प्रतिशतभन्दा माथि रहेको बैंकहरुको औसत सीडी रेसियो २३ गतेसम्म ९० दशमलव ८१ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?