+
+

भारतबाट आयात भएको जुनार र केरामा समेत विषादी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १८:०३

२६ वैशाख, काठमाडौं । भारतबाट आयात भएका जुनार र केरा समेत विषादीको मात्रा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । चालु आवको कात्तिकदेखि चैत मसान्तसम्म गरिएको परीक्षणमा तीन दर्जन हाराहारी तरकारी र फलफूलमा विषादी अवशेष भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।

नेपाल आयात भएका जुनार, केरा, चुकन्दर, किबी र आलुमा विषादी अवेशेष भेटिएको मर्हजनले बताए । ‘कुल ४० हजार ७८५ वटा तरकारी र फलफूलमा गरिएको विषादी परिक्षणमा ३२ वटामा विषादी अवशेष प्रतिकुल पाइयो,’ मर्हजनले भने ‘विषादी अवशेष भेटिएकामध्ये केही रेडजोन अर्थात् प्रयोग गर्नै नहुने प्रकारका थिए, भने बाँकी एल्लो अर्थात् केही दिन निर्मलीकरण गरेर प्रयोग गर्न सकिने अवस्थामा थियो ।’

कृषि मन्त्रालयले कात्तिक एक गतेबाट विभागलाई विषादी अवशेष परीक्षणको अनुमति दिएको थियो । अहिले विभागले प्रमुख ७ वटा नाकामार्फत तरकारी तथा फलफूलको विषादी अवशेष जाँच गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?