+
+

ग्लोबल आइएमई र एनसीएचएलबीच नेसनल पेमेन्ट स्वीच सञ्चालनका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते २०:१६

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिलरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आˆनो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध-सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु उपलब्ध हुने व्यवस्था गरेको छ ।

साथै बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट, लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने छ ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंक सदैव अग्रसर रही आएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?