+
+

राष्ट्र बैंकले ल्यायो बैदेशिक रोजगार बचतपत्र, ब्याजदर १२.५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते २०:२३

२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचत पत्र ल्याएको छ । यो बचत पत्र अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुले रकम राख्न सक्नेछन् ।

ब्याजदर पनि राष्ट्र बैंकले १२ दशमलव ५० प्रतिशत दिने भएको छ । जुन अहिले वाणिज्य बैंकहरुले दिने भन्दा धेरै ब्याजदर हो ।

बैदेशिक रोजगार बचतपत्र–२०८४ नाम दिइएको यस बचतपत्र ५ वर्ष पछि अर्थात २०८४ सालमा परिपक्व हुनेछ । आगामी जेठ १८ देखि असार ६ गतेसम्म बचत पत्रका लागि आवेदन दिन सकिने राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

विभागका कार्यकारी निर्देशन नरेश शाक्यले गैर आवासीय नेपाली संघ (एनआरनए) लाई पत्रचार गर्दै वैदेशिक रोजगार बचत पत्रमा आवेदन दिन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?