+
+

एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ८:२६

२७ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।

चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर उनले काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?