+
+

हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ८:४२

२७ वैशाख, सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् ।

यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् ।

गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ की काली रोकायाले बताइन् । ‘भोट माग्न आउँदा विभिन्न किसिमका आश्वासन दिएर जान्छन् चुनाव जितेर गएपछि नमस्कार गर्दा समेत फिर्ता गर्दैनन्,’ रोकायाले भनिन्, ‘अब त हामी नेताका समस्या बुझ्ने नेता चाहिएको छ । आफ्नो पेट भर्ने र आफ्नो गादो भर्ने नेता चाहिँदैन ।’

सिमकोट-६ की नउसरा रावतले भोट माग्न आउने नेता तथा कार्यकर्तादेखि वाक्क भइसकेको बताइन् । ‘दिनदिनै घर लिपपोत गर्दै ठिक्क छ, एक समूह जान्छ, अर्को समूह आइहाल्छ । आमा-बुवा भोट दिनुहोला भन्छ, घरको भुइँले समेत सुख पाएको छैन,’ रावतले भनिन् ।

भोट माग्न आउने नेता तथा कार्यकर्तालाई टीका लगाइदिंदा लगाइदिंदै चामल मात्रै खर्च भएको सिमकोट गाउँपालिका ६ की जयदेवी रोकायाले गुनासो गरिन् । उनले भनिन्, ‘घरदैलोमा आउँछन् भोट माग्न, चुनाव सकिएपछि हामीलाई हेर्ने होइनन्, टीका लगाइदिंदा चामल मात्रै खर्च भएको छ ।’

‘भोट माग्दा आमा-बुवा विकास गर्छु, महिला, बालबालिका, वृद्धावृद्धा, दलितका माग सम्बोधन गर्छु भनेर मख्ख पारेर जान्छन् । जितेपछि चिन्दैन्ान्,’ रोकायाले गुनासो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?