+
+

प्रधानसेनापतिका भाइ नागार्जुनमा वडाध्यक्षका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १०:५९

२७ वैशाख, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माका भाइ लक्ष्मीनारायण शर्मा नागार्जुन नगरपालिका वडा नं. ४ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसबाट शर्माले वडाध्यक्षका लागि उम्मेदवारी दिएर उनी चुनावी मैदानमा उत्रिएका हुन् । शर्मा प्रधासेनापतिका कान्छा भाइ हुन् ।

शर्माले १३ बुँदे संकल्प पत्र अघि सार्दै घरदैलो अभियान चलाइरहेका छन् । उनले आफूले वडाध्यक्ष पदमा जिते चुस्त प्रशासन, स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि, स्वरोजगारी तथा तालिम, वातावरण तथा सरफाइ लगायतका कुरालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

शर्माले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए । तर एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?