+
+

पालुङटारमा जसपा र एमालेबीच तालमेल : मेयर जसपालाई, उपमेयर एमालेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २०:३१

२७ वैशाख, गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

पालुङटारमा जसपाले पहिले नेपाली कांग्रेससँग तालमेलको सहमति गरेको थियो । तर वडा बाँडफाँटमा कुरा नमिलेपछि दुबै दल सहमतिबाट पछि हटेका थिए ।

पालुङटार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।

हेर्नुहोस् सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?