+
+

तनहुँको घिरिङमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:३९

२७ वैशाख, तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।

सोमबार घिरिङ गाउँपालिका-१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

यसैबीच नेपाली का‌ंग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमितका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ ।

पार्टीका जिल्ला सभापति जीतप्रकाश आलेले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस घिरिङ गाँउ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकता भुवन विक लगायतको समूहलाई कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?