+
+

प्रचारमा दयाहाङ र सौगातको साथबिनै ‘कबड्डी ४’ले राम्रो व्यापार गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १८:१७

काठमाडौं । पछिल्लो समय कलाकार फिल्मको प्रवद्र्धनमा सहभागी नहुँदा निर्मातामाथि दबाब सिर्जना भएको छ । केही कलाकारले पत्रकार सम्मेलनमै भाग नलिने, कोही प्रचार छाडेर सुटिङमै व्यस्त हुँदा यसको असर फिल्म रिलिजलाई समेत पर्ने गरेको निर्माताको गुनासो छ ।

मुख्य कलाकारले नै साथ नदिएपछि पछिल्लो समय फिल्महरु आफ्नै बलबुतामा र बिना प्रचार रिलिज हुन बाध्य छन् । एकपछि अर्को फिल्ममा अनुबन्धित हुने क्रम बढ्दा रिलिजको मुखैमा पुगेको फिल्मको प्रचारमा भने कलाकारहरुको ध्यान केन्द्रित हुन सकेको छैन ।

यस्तै समस्या अहिले जेठ १३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘कबड्डी ४’ले खेपिरहेको छ । सौगात अहिले पोखरामा छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा व्यस्त छन् भने दयाहाङ केही दिनअघिसम्म ‘गाउँ आएको बाटो’मा व्यस्त थिए । दयाहाङ केही दिनमै ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछन् ।

दयाहाङ सामाजिक सञ्जालमार्फत विदेशतिरको प्रचारप्रसारमा व्यस्त त देखिन्छन्, तर स्वदेशमै उनको प्राथमिकता छैन ।

छायांकन र प्रचारप्रसारसँग कलाकारको तालमेल नमिल्दा यसको असर फिल्मको व्यापारमा परेको महसुस गर्न सकिन्छ । ओपनिङ व्यापार राम्रो गर्न कलाकारको महत्वपूर्ण भूमिकाको अपेक्षा हुन्छ, तर कलाकारले फिल्मको पब्लिसिटीमा साथ नदिंदा निर्मातालाई हैरानी भएको छ । लोकप्रिय फिल्मको रुपमा रहेको ‘कबड्डी’को चौथो सिक्वेलले के सौगात र दयाहाङको प्रचारप्रसार बिनै बक्स अफिसमा पैसा छाप्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?