+
+

पृथ्वीसुब्बा गुरुङले आचारसंहिता विपरीत भोट मागे

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १२:२०

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत पार्टीलाई भोट मागेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडिओ सेयर गर्दै भोट मागेका हुन् ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न पाइँदैन ।

फेसबुक प्रयोगकर्ताहरुले आचारसंहिता विपरीत भोट किन मागेको भन्दै कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?