+
+

काठमाडौं महानगरका प्रमुख उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

रासस रासस
२०७९ वैशाख २९ गते १६:११

२९ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्।

सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने  भएका छन् ।

यस्तै विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले कामपा वडा -३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र साह (वालेन)ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ ।

शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएको सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?