+
+

मधेशमा निर्वाचनको वातावरण विगतभन्दा राम्रो : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ९:५८

३० वैशाख, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले स्थानीय तहको निर्वाचनमा जनताको उत्साहपूर्वक सहभागिता रहेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘सबै जनाले खुशीले भाग लिइरहेका छन् । यो खुशीको कुरा हो । लोकतन्त्रको मेरुदण्ड प्राण भनिने स्थानीय तहको निर्वाचनमा उत्साहित भएर मतदानमा सहभागी हुनु भनेको खुशीको कुरा हो ।’

मुख्यमन्त्री राउतले मतदानमा सहभागी जनतालाई योग्य र सक्षम उम्मेदवार चयन गर्न प्रदेशवासीसँग आग्रह गरे ।

मुख्यमन्त्री राउतले मधेश प्रदेशमा निर्वाचनको वातावरण विगत भन्दा राम्रो भएको प्रतिक्रिया दिए । उनले भने, ‘विस्तारै मानिसहरु चुनावमा जानुपर्छ । आफ्नो मतदान गर्नुपर्छ । धेरैले यसको महत्व बुझेका छन् । लोकतन्त्र संस्थागत र मजबुत हुँदै गएको छ ।’

संघीयता आइसकेपछि स्थानीय तहको दोस्रोपटक निर्वाचन भएकोले मतदाता चेतनशील भएको, आफ्नो उम्मेदवार प्रति विश्वास र भरोसा गरेर अगाडि बढ्ने वातावरण उनको भनाइ थियो । स्थानीय प्रशासन, निर्वाचन आयोग, राजनीतिक दल सर्वसाधरण सबैको प्रयासले यो सम्भव भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?