+
+

बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण : १५ हजार जरिवाना किन नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:५५

३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेकाे मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतले भन्यो, ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबर मार्फत पठाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?