+
+

पूर्वी नवलपरासीमा अहिलेसम्म ५५ प्रतिशत मत खस्यो, मतगणना आजै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १५:५३

३० वैशाख, गैंडाकोट । पूर्वी नवलपरासीमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार अहिलेसम्म जिल्लामा मतदान जारी छ ।

बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

जिल्लामा दुई सय ९९ मतदान केन्द्र र १ सय १३ मतदान स्थल छन् । दिउँसो केही समय पानी पर्दा केही स्थानमा रोकिएको मतदान पानी पर्न छोडेपनि सुचारु भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

मतगणना आजबाट नै शुरु गर्ने गरी तयारी गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको लागि सबै पालिकाहरुमा तारजाली र सीसीटीभी क्यामरा जडान गरी व्यवस्था मिलाइएको छ । जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन् । यहाँ २ लाख ५४ हजार ६ सय १५ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?