+
+

काठमाडौंमा अझै सुरु भएन मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:३७

३१ वैशाख, काठमाडौं । शनिबार विहान ८ बजे सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना सुरु हुन नसकेको हो ।

मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय गरेको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै जति प्रतिनिधि पाउनुपर्ने भन्दै विरोध जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने छिट्टै मतगणना सुरु गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?